You are viewing the translated version of बोर्डको कोष सम्बन्धी व्यवस्था.

Rule 47
बोर्डको कोष सम्बन्धी व्यवस्था
(१) ऐनको दफा ५७ बमोजिमको कोषमा रहने रकम बोर्डले तोकेको प्रचलित कानून बमोजिम स्थापित "क" वर्गको कुनै वाणिज्य बैङ्कमा खाता खोली जम्मा गरिनेछ ।
(२) उपनियम (१) बमोजिमको खाताको सञ्चालन प्रमुख कार्यकारी अधिकृत वा निजले तोकेको अधिकृत कर्मचारी र कार्यालयको लेखा शाखाको प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ।